प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत

निकासखबर संवाददाता

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि भएको मतदानका क्रममा उनले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन ।

प्रतिनिधिसभामा उपस्थित २ सय ६८ मध्ये प्रधानमन्त्रीको विश्वासको पक्षमा १५७ मत, विपक्षमा ११० मत परेको थियो । एक मत दिन्न भन्नेमा परेको सभामुख देवराज घिमिरेले बताए । मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो ।

सभामुख घिमिरेले प्रधानमन्त्रीको पक्षमा परेको विश्वासको मत तत्काल सदनमा कायम संख्याको बहुमत भएकाले विश्वासको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । सत्ता समीकरण परिवर्तन भएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतका लागि प्रस्ताव गरेका थिए ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा० र एकीकृत समाजवादीको नयाँ

समीकरण बनेको थियो । त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

 

मा प्रकाशित