राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

निकासखबर संवाददाता

काठमाडौँ, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई राष्ट्रपति पौडेलले पदमुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ९ख० बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकलेलाई उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णयलाई सदर गर्दै तीन प्रदेश प्रमुख पदमुक्त भएका हुन् ।

मा प्रकाशित