संसदीय खबर

राष्ट्रपति निर्वाचन राप्रपाले वहिस्कार गर्ने
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बिहीबार हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो। बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी नहुने, तटस्थ बस्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । कार्यसमितिको बैठकले दुवै जना उम्मेदवार पार्टीको सक्रिय राजनीतिमार्फत् आएका कारण निष्पक्षता नहुने भएकाले राष्ट्रपतिको निर्वाचनमा भोट नहाल्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। सैद्धान्तिक रुपमा राष्ट्रपति संस्थाप्रति पार्टीको फरक मत रहेको र संविधानले राष्ट्रपतिलाई संवैधानिक संस्थाको रुपमा परिकल्पना गरेकोले आफुहरुले यो चुनावमा भाग नलिने उनको भनाइ छ । अहिले उम्मेदवार बनेका…

पहिचानको आन्दोलन जारी रहन्छ: मन्त्री मोदी
निकासखबर संवाददाता

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका वडा नं= ९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए । “एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ” मन्त्री मोदीले भने, “कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले…

वर्तमान सरकारलाई कुनै खतरा छैनः सांसद निधी
निकासखबर संवाददाता

जनकपुरधाम  । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई कुनैपनि प्रकारको खतरा नरहेको जनाएका छन् । जनकपुरधाममा  नेपाल प्रेस युनियन मधेश प्रदेश समितिको पदस्थापन समारोहमा पूर्व उपसभापति समेत रहेका सांसदले निधीले वर्तमान सरकारले जुनसुकै बेलापनि आठ दलको समर्थन प्राप्त गर्ने बताएका हुन् । आम निर्वाचन पश्चात् जनताले दिएको जनादेशअनुसार सरकार सञ्चालन हुनुपर्छ । सांसद निधीले भने, ‘चुनावपछिको गठबन्धनमा आपसी तालमेल नमिलेका गठबन्धन टिक्न सकेन ।’ राजनैतिक दलहरुको जनादेश र चुनावी गठबन्धन अलग अलग भएकाले लोकतान्त्रिक जमात असन्तुष्ट बनेका थिए । अहिले सुखद वातावरण बनेको उनको तर्क छ । नेपाली काँग्रेसले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कोर्ष…

कांग्रेस–एमाले दुवैले प्रतिपक्ष बेन्च खोज्दा संसद् बैठक प्रभावित
निकासखबर संवाददाता

काठमाडौं । संघिय संसदमा नेकपा एमाले र नेपाली कांग्रेस दुवैले प्रतिपक्ष बेन्च खोजेपछि प्रतिनिधि सभा बैठक प्रभावित बनेको छ । दुबैदलले प्रतिपक्ष बेन्च खोजेका कारण बैठक प्रभावित भएका कारण संसद् सचिवालयले संसदको बैठक समेत सारेको छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछोडेपछि संसद् सचिवालयले सूचना जारी गरेर पूर्वनिर्धारित बुधबारको बैठक १५ दिनपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि स्थगित गरेको हो । दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछाडेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधबारको बैठक विशेष कारणले बस्न नसकेको भन्दै सूचना जारी गरेका थिए। त्यसअघि सभामुख देवराज घिमिरेले…

११ जना सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसदमा निर्वाचित भएको ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण ११ जना सांसदले अझै बुझाएका छैनन् ।  सघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ। यसरी सम्पत्ति विवरण नबुझाउनेमा फरार सूचिमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी र निलम्बित सांसद नेपाली कांग्रेसका टेकबहादुर गुरुङसमेत रहेका छन् । विवरण नबुझाउनेमा कांग्रेसका सांसदहरू उदय शमशेर जबरा,अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद गुरुङ छन्। त्यसैगरी, नेकपा एमालेका फरार सांसद लक्ष्मी कोइरीसहित राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी,…