संसदीय खबर

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छः सांसद शर्मा
निकासखबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् । क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर विश्वबजारमा पठाई बार्षिक खरबौं पैसा देशमा भित्र्याइरहेको उदाहरण दिदैं सांसद शर्माले नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने तर्क गरे । नेपाल भन्दा ७५ प्रतिशत कम जनसंख्या भएको देश क्यूवाले ५० हजार डाक्टर उत्पादन गरेर अमेरिका, क्यानडा, यूके, फ्रान्स लगायत देशमा पठाई बार्षिक १४ खर्ब पैसा देशमा भित्र्याइरहेको तथ्यांक सांसद शर्माले…

असंवैधानिक, अराजक र अशान्तिपूर्ण गतिविधि सरकारले स्वीकार्न सक्दैनः गृहमन्त्री श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेश सभाको नामकरणलाई लिएर विरोध गर्नेलाई संविधान, लोकतन्त्र र शान्तिपूर्ण बाटोको माध्यम प्रयोग गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य एवम् एमाले कोशी प्रदेश सभाका संसदीय दलका उपनेता रामबहादुर रानामाथि हिजो बिहीवार इलामको चिसापानीमा आक्रमण भएको घटनालाई लिएर विरोध गरेपछि जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले असंवैधानिक, अराजक, अशान्तिपूर्ण र ध्वंशात्मक गतिविधि सरकारले स्वीकार गर्न नसक्ने स्पष्ट पारे । उनले त्यस घटनाका बारेमा आफूले एमालेका अध्यक्ष केपी शर्मा ओली र सम्बद्ध नेता, प्रदेश सभा सांसद राना र कोशी प्रदेशका…

रामहरि प्रश्नः रामकृष्ण श्रेष्ठलाई अर्थ मन्त्रालयमा किन गरियो नियुक्ति ?
निकासखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अर्थ मन्त्रालयमा अवकाशप्राप्त कर्मचारी रामकृष्ण श्रेष्ठलाई कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको भनेर प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तापक्षकै सांसद खतिवडाले करका दरमा हेरफेर गरिएको र गैर आधिकारिक व्यक्तिको नियुक्तिबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । । ‘रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गते नेपाल सरकारले नियुक्त गरेको देखिन्छ । त्यतिखेर अर्थमन्त्री को थियो, सचिव को थिए ?, उनले भने, ‘२ वर्ष अघि रिटायर्ड कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्‍यो ?’ खतिवडाले २०७९ साल फागुन २५ बाट असारसम्म रहनेगरी श्रेष्ठलाई महिनाको ३४ हजार दिनेगरी निर्णय गरिएको भन्दै कसको इन्ट्रेस्टले नियुक्ति गरिएको…

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने
निकासखबर संवाददाता

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए । संसदमा बजेट भाषणमार्फत अर्थमन्त्रीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा गरिरहँदा सांसदहरुबीच हाँसो समेत चलेको थियो । सरकारले गाँजा खतीकाे सम्भाव्यता अध्ययन गरीने कुरा बजेटमा समाबेश गरेपछि किसानहरु भने उत्साहित भएका छन् । Facebook Notice for EU! You need to login to view and post FB Comments!

बिजुली र ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो- चन्द्र भण्डारी
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले बोलेका हुन् । भण्डारीले बैठकमा  ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि,’ उनले भने, ‘विद्यार्थीले त जान्नुपर्‍यो नि।’ उनले आमजनतालाई आवश्यक कुरा सिकाइनुपर्ने बताए। भण्डारीले भने – ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानून बनाउनुपर्‍यो ।’ उनले भने, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ। जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो।’ उनले आफूलाई उद्धार र उपचार गर्न सहयोग गरेकोमा सरकारलाई धन्यवाद…