संसदीय खबर

अध्ययनविनाको हावादारी योजना नल्याउन माधव नेपालकाे आग्रह
निकासखबर संवाददाता

  काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । उनले नामका लागि गरिने व्यक्तिवादी सोचबाट गरिएको योजनाले विकास गर्न नसकेकोले देशभरका ५७३ वटै पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्न गल्ती नगर्न समेत आग्रह गरे । अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गर्दै उनले ‘६७४१ वडामा खेल मैदानको र ६५३ वटा पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्ने गल्ती नगर्न आग्रह गर्छु ।’ उनले भने, -‘नामका लागि गरिने काम, व्यक्तिवादी सोचले बिग्रिएको…

राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने
निकासखबर संवाददाता

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज शुक्रवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो । Facebook Notice for EU! You need to login to view and post FB Comments!

सरकारको नीति तथा कार्यक्रम आज
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने छन् । सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव…

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस्ः सांसद शर्मा
निकासखबर संवाददाता

काठमाडाैं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्म रेलमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि जग्गा रोक्का गरिएको भएपनि हालसम्म जग्गाको मुआब्जा नदिइएको र जग्गा फुकुवा पनि नगरिँदा सो क्षेत्रका जनताको बिजोक भएको भन्दै सांसद शर्माले तत्काल मुआब्जा दिन वा जग्गा फुकुवा गरेर समस्याको समाधान गर्न माग…

एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित
निकासखबर संवाददाता

काठमाडाैं । नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझी निलम्बनमा परेका हुन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी निलम्बनमा परेको सूचना सुनाएका छन् । कुनै सांसद पक्राउ परेमा प्रहरीले संसद् सचिवालयलाई जानकारी गराउँछ। सांसद पक्राउ परेको जानकारी सभामुखले प्रतिनिधि सभाको बैठकमा सुनाएपछि वा सूचना टाँस गरेपछि स्वतः निलम्बनमा पर्ने संवैधानिक व्यवस्था रहेकाे छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए । उनी वैशाख ३१ गते राति काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ परेका थिए। उनलाई आज प्रहरीले अदालतमा पेश गरेको थियो। Facebook Notice…