संसदीय खबर
प्रतिनिधिसभा बैठकमा सांसदहरुले भने- ‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’
निकासखबर संवाददाताकाठमाडौं । सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । संघीय संसद प्रतिनिधिको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भनिन्, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल्नका लागि मात्रै होइन, कडाइपूर्वक कार्यान्वयन गर्न हो, भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ ।’ सांसद बुद्धिमान तामाङले धादिङ जिल्लाभित्र रहेका विभिन्न सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भगवती चौधरीले सुनसरी जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा घर जलेर नष्ट भएको अवस्थामा सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने माग गरिन् । सांसद भीमप्रसाद आचार्यले सुनसरी जिल्लामा…
भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छः विश्वप्रकाश शर्मा
निकासखबर संवाददाताकाठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताए। सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्नका लागि राखिएको पाँच वर्ष हदम्याद हटाउनुपर्ने बताउँदै उनले भ्रष्टाचारको छानबिनमा राज्यले कठोरताका साथ जानका लागि कुनै पनि हदम्याद राख्न नहुने बताए। सोही क्रममा उनले भ्रष्टाचारको फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका हुन्। ‘भ्रष्टाचारका विरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ राज्यले,’ उनले भने, ‘सँगै यसका लागि एउटा दृष्टिकोण पनि बनाउनुपर्छ, निर्दोष कोही फस्नु…
प्रधानमन्त्रीदेखि सबैकर्मचारीको सम्पति छानबिन गर्नुपर्छः प्रकाश पन्थ
निकासखबर संवाददाताकाठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीको सम्पति छानबिन गर्न माग गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन लिनुपर्ने भन्दै उच्च ओहदामा रहेका सबैको सम्पति छानबिन गर्न माग गरेका हुन् । उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न पनि माग गरे । ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै कटौती गरियोस्,’ राष्ट्रिय सभा सदस्य पन्थीले भने ।
नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग
निकासखबर संवाददाताकाठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरूले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । तर, कुनै पनि बाहनामा छानबिन र दोषीमाथि कारबाही गर्नबाट सरकार पछि हट्न नहुने भन्दै उनीहरूले खबरदारी गरेका छन् । सांसदहरू ठाकुर गैरे, तेजुलाल चौधरी, डा. तोसिमा कार्कीलगायतका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । देवेन्द्र पौडेलले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाले नेपाल पक्ष भएर गरिएका सम्झौता र सन्धिविपरीत भएकाले दोषीलाई कारबाही गर्नुपर्ने बताए ।
सांसद शर्माको खुलासाः नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न खोजिदैछ
निकासखबर संवाददाताकाठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न दवाव दिने काम भइरहेको खुलासा गरेका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले मुख्य व्यक्तिलाई उन्मुक्ति दिन अभियुक्तहरुको बयान फेर्ने प्रयास भइरहेको खुलासा गरेका हुन् । नेपाली कांग्रेसका युवा नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट निर्वाचित भएका हुन् । आफ्नो निर्वाचन क्षेत्रसँग पनि शरणार्थीको विषय जोडिएकाले अभियुक्तहरुलाई भेट्न जाँदा उनीहरुको बयान फेर्ने प्रयास भइरहेको थाहा पाएको उनले खुलासा गरे । ‘मेरो क्षेत्रसँग केही सम्बन्धित केस भएकाले के रहेछ भनेर बुझ्नका लागि थुनामा राखिएका मान्छेलाई भेट्न गएको थिए,’ सांसद शर्माले भने, ‘उनीहरुलाई त्यहाँ राखेर बयान गर्ने…