संसदीय खबर

ढाकाकुमारको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
निकासखबर संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट समेत हटाउने गरी भएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ । आफूलाई सांसद पदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरुद्ध ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेशसँगै श्रेष्ठको सांसद पद अर्को आदेश नभएसम्मका लागि कायम रहने भएको छ। इजलासले दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेलसम्म श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न दिएको हो । यसका लागि दुवै पक्षलाई छलफलका लागि सर्वोच्चले बोलाएको छ । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड…

सांसद अमरेशकुमार सिंह संसदमै लुगा फुकालेर बने अर्धनग्न
निकासखबर संवाददाता

काठमाडौं । सांसाद अमरेश कुमार सिंह सोमबार जारी संसद बैठकमै लुगा फुकालेर अर्धनग्न बनेका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय माग गरेका भए पनि सभामुख देवराज घिमिरेले आकस्मिक समय नदिएपछि त्यसको विरोधमा उनी अर्धनग्न बनेका हुन्। विरोध स्वरुप उनले शरीरको माथिल्लो भागको सर्ट र भित्री लुगा फुकालेका थिए। यसपछि सभामुख घिमिरेले मर्यादाको ख्याल गर्न चेतावनी दिएपछि उनले लुगा लगाएका थिए।

मेरो कुनै गल्ती छैन, म डराउँदिनः आरजु देउवा
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् । प्रतितिधिसभको आजको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट गन् ि। उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरु उठाइएको र नक्कली मान्छेहरु खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताइन् । उनले आफूले कसैका बारेमा कुनै टिकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीतिक गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रुपमै दुष्प्रचार गरिएको बताइन् । उनले भनिन्, “एउटा…

रायमाझीलाई कानुनी दायरामा ल्याउनुमै एमालेको कल्याण छः सांसद सापकोटा
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी विषयलाई अन्यत्र नमोड्न एमालेलाई चेतावनी दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा भुटानी शरणार्थी प्रकरणबारे कुरा उठेपछि एमाले सांसदहरूले अरू विषयमा पनि छानबिन गर्नुपर्ने बताएका थिए। माओवादी सांसद सापकोटाले एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याउन एमालेलाई आग्रह गरेका हुन्। ुप्रमुख विपक्षी दलका साथीहरूले छापामार शैलीमा आफ्नो कुरा राख्ननुभएको छ। प्रधानमन्त्रीमाथि खिसिट्युरी गर्नुभएको छ,ु सापकोटाले भने,ुतपाईंहरूले भ्रष्टाचारीलाई छानबिन गर्न माग गरेको हो भने टोपबहादुरलाई ल्याउनुस्। त्यसैमा तपाईंहरूको कल्याण हुनेछ।ु नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।…

बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको…