संसदीय खबर

कोइरीको विवाद नटुंग्याई सकियो संसद् अधिवेशन
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसद्को चालू अधिवेशन शुक्रवार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।​ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए। चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो । जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ। केही दिनभित्रै बजेट अधिवेशनका रूपमा संघीय संसद्को वर्षे अधिवेशन आह्वान हुनेछ। आज प्रतिनिधिसभामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई स्वीकृत गर्ने विषयमा आज संसद् बैठकमा विवाद भएको थियो। सभामुख देवराज घिमिरेले कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित भएको र विरामी भई…

बारा-२ मा चर्चामा रहेका यादव र खरेल दुबैले मतदान गर्न नपाउने
निकासखबर संवाददाता

बारा । बारा-२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये दुईले भने मतदान गर्न नपाउने भएका छन्। जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन्। जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन्। तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन्।

पुरानो संसद् भवन नभत्काउन निर्देशन
निकासखबर संवाददाता

काठमाडाैं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो । नभत्किएसम्म भत्काउन जरुर नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए । उनले भने, “विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ । पुर्खाको इतिहास मास्न हुँदैन । भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ ।” निर्माणाधीन सङ्घीय संसद्मा सङ्घीय पुस्तकालय समयसापेक्ष अनुरुप र व्यवस्थित ढङ्गको हुनुपर्ने सभापति शर्माले बताए । बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव…

दोस्रोपटक पाए प्रधानमन्त्री प्रचण्डले विस्वासको मत
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विस्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए । उनको विपक्षमा ८९ मत खस्यो भने एक जना तटस्थ रहेका थिए । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच सहमती हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हा‍े । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाे छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत…

आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ, प्रचण्डलाई यो परिर्वतनको माया छः सिके राउत
निकासखबर संवाददाता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त सिके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा संघीयता नौलो कुरा नरहेको बताए। नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सरकारसँग आफ्ना केही असन्तुष्टि रहे पनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताए। उनले भने, ‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ, प्रधानमन्त्री पुष्पकमल प्रचण्डले पनि यत्रो संघर्ष गरेर संघीयता ल्याउनुभएको छ । संघीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे,…