आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ, प्रचण्डलाई यो परिर्वतनको माया छः सिके राउत

निकासखबर संवाददाता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त सिके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा संघीयता नौलो कुरा नरहेको बताए। नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले सरकारसँग आफ्ना केही असन्तुष्टि रहे पनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताए।

उनले भने, ‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ, प्रधानमन्त्री पुष्पकमल प्रचण्डले पनि यत्रो संघर्ष गरेर संघीयता ल्याउनुभएको छ । संघीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्यहरू नेपालमा थिए । त्यो भनेको संघीयता नै हो । तर, त्यसलाई पुनर्स्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन। त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेका छौँ। केही असन्तुष्टिहरू हामीसँग छन्, तर त्यसलाई समाधान गर्न सकिन्छ। सानो कुरामा विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने छैन।’

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका माग आगामी दिनमा समेट्दै लैजानुपर्ने बताए।

मा प्रकाशित