सांसद अमरेशकुमार सिंह संसदमै लुगा फुकालेर बने अर्धनग्न

निकासखबर संवाददाता

काठमाडौं । सांसाद अमरेश कुमार सिंह सोमबार जारी संसद बैठकमै लुगा फुकालेर अर्धनग्न बनेका छन्।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय माग गरेका भए पनि सभामुख देवराज घिमिरेले आकस्मिक समय नदिएपछि त्यसको विरोधमा उनी अर्धनग्न बनेका हुन्।

विरोध स्वरुप उनले शरीरको माथिल्लो भागको सर्ट र भित्री लुगा फुकालेका थिए।

यसपछि सभामुख घिमिरेले मर्यादाको ख्याल गर्न चेतावनी दिएपछि उनले लुगा लगाएका थिए।

मा प्रकाशित