खबर
प्रहरीका पछाडि सतिसालझैँ उभिए गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
निकासखबर संवाददाताकाठमाडौं । कुनै बेला प्रहरी महानिरीक्षकको काँधमा फुली लगाइदिएका नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गर्नु प्रहरीका लागि त्यति सजिलो विषय थिएन । संसद्को दोस्रो ठूलो दलका सचिव एवं बहालवाला सांसद टोपबहादुर रायमाझीलगायत पहुँचवाला व्यक्तिका विरुद्ध पक्राउ पुर्जीको अनुमति माग्दै अदालत पुग्नु पनि प्रहरीका लागि उत्तिकै चुनौतीको विषय थियो । तर, प्रहरीले बुधवार एकपछि अर्को भीआईपीलाई पक्राउ र्गयो, पक्राउ पुर्जी लियो । यो काममा सघाउन प्रहरीका पछाडि सतिसालझैँ उभिएका थिए गृहमन्त्री– नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ । पार्टीको प्रभावशाली पदाधिकारी एवं बहालवाला सांसद र सरकारको बहालवाला सचिव पक्राउ गर्नुअघि प्रहरीले गृहमन्त्री श्रेष्ठलाई संकेत गर्यो । ठूला व्यक्तिलाई पक्राउ गर्नुअघि प्रहरीले गृहमन्त्रीसँग…
खानेपानी र बिजुलीमै मधेश सरकारको २१ करोड बढी खर्च
निकासखबर संवाददाताजनकपुरधाम । मधेश प्रदेश सरकारले खानेपानी र बिजुलीबत्तीमै चार वर्षमा २१ करोड बढी रकम खर्च गरेको छ । महालेखा परीक्षकको ६०औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५–७६ देखि २०७८–७९ सम्म मुख्यमन्त्री कार्यालयदेखि दश मन्त्रालयको खानेपानी तथा बिजुलीमा ४ वर्षमा २१ करोड ४१ लाख ८८ हजार २६७ रुपैयाँ खर्च भएको हो । आर्थिक वर्ष २०७८–७९ मात्रै खानेपानी र बिजुलीमा ९ करोड ३१ लाख २१ हजार ४६७ रुपैयाँ भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५–७६ मा १ करोड ८९ लाख २० हजार २५१, ०७६–७७ मा ५ करोड ५५ लाख ६९ हजार ८९०, ०७७–७८ मा ४ करोड ६५ लाख ७६…
दुवै हात बाँधेको अवस्थामा एक पुरुषको शव फेला
निकासखबर संवाददाताधादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ उइदुङका २५ वर्षीय सुमन भनिने छिरिङ तामाङको शव जंगलमा हात बाँधिएको अवस्थामा मंगलबार भेटिएको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर ३ लचेतको जंगलमा हातमा बाँधेर झुण्डिएको अवस्थामा शव भेटिएको हो । दुबै हात डोरीले बाँधेर रुखमा झुण्डाइएको अवस्थामा फेला परेको खनियाबास गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रताप बहादुर तामाङले जानकारी दिए । जंगलमा माहुरी खोज्न जाँदा गंगाजमुना गाउँपालिकास्थित रिगाउँका एकजनाले झुण्डिएको अवस्थामा देखेर गाउँलेलाई खबर गरेपछि हेर्न जाँदा २५ वर्षिय सुमनको शव कुहिएको अवस्थामा फेला परेको वडा सदस्य तामाङले जानकारी दिए। गत माघ दोस्रो सातादेखि गाउँघरमा उनी देखिएका थिएनन् ।…
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
निकासखबर संवाददातामकवानपुर । मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०२०२० प ४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नं ५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँंडा अस्पतालमा उपचारका क्रममा र मण्डलको घटनास्थलमै…
बिचार मिल्ने सबैसँग समाजवादी मोर्चा बनाउने छलफल चलीरहेकाे छः विप्लव
निकासखबर संवाददाताकाठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा बनाउने विषयमा सकारात्मक वातावरण बन्दै गएको बताएका छन् । विचार मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने विषयमा छलफल चलिरहेको उनकाे भनाइ छ । माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायतका शक्तिसँग समाजवादी मोर्चा बनाउने विषयमा छलफल चलिरहेको विप्लवले बताए । ‘विचार मिल्ने पार्टीहरुबीच मोर्चा बनाउने छलफल चलेको छ । मोर्चा बनाउने कुरा राम्रो हो । प्रचण्ड कमरेड एक ठाउँमा हुनुहुन्छ । बाबुरामजी एक ठाउँमा हुनुहुन्छ कुनै समय कम्युनिस्ट विचार नै छोडे भन्नुभयो । माधव जी उपेन्द्रजीहरु अर्को ठाउँमा हुनुहुन्छ’ विप्लवले भने, ‘सबै पार्टीसँग छलफल चलिरहेको छ । मोर्चाको…