खबर
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन
निकासखबर संवाददाताबनेपा । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । २०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो । गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे। गोली लाग्दा मुकेश १४ वर्षका मात्र थिए । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान…
बालकृष्ण खाँणलाई चारदिन थुनामा राख्न अदालतले अनुमती दिए सँगै श्रीमती मञ्जु सम्पर्कविहीन
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेलगत्तै उनकी पत्नी मञ्जु खाण सम्पर्क विहीन भएकी छिन् । खाण पक्राउ परेको खबर पाउनेबित्तिकै ललितपुरस्थित निवासमा रहेकी पत्नी मञ्जु मोवाइल स्विच अफ गरेर सम्पर्कविहीन भएको स्रोतले जानकारी दिएको छ । पूर्व गृहमन्त्री खाण चावहिलस्थित कांग्रेस नेता कान्छाराम तामाङको घरबाट पक्राउ परेका थिए । पक्राउ पर्नुभन्दा ठिक अगाडि उनी श्रीमतीसँग भिडियो कलमा सम्पर्कमा भएको पनि दावी गरिएको छ । खाण पक्राउ परेलगत्तै उनी पनि पक्राउ पर्न सक्ने डरले सम्पर्कविहीन भएको स्रोतको दावी छ । यसअघि पूर्वगृहमन्त्री खाणकी श्रीमती मञ्जुले पनि नक्कली शरणार्थी बनाउने काममा पैसा लिएको आरोप लागेको थियो ।…
पहिचानको आन्दोलनः झापाको दमकमा १० प्रहरी सहित २२ जना घाइते
निकासखबर संवाददाताझापा । कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् । पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा प्रहरी सहित २२ प्रदर्शनकारी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको बताइन्छ । आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक…
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाकोमृत्यु, एक जनाको अवस्था गम्भीर
निकासखबर संवाददाताअर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका तीन जनाकाे ज्यान गएकाे हाे । भुमिकास्थान २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको ज्यान गएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा बाटोमै ज्यान गएको उनकाे भनाइ छ । आगलागी परेर घाइते भएका ३६ वर्षीय माधव…
गण्डकीमा कुन दलले कति मन्त्रालय पाउँदै ?
निकासखबर संवाददातागण्डकी । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र) ले दुई र नेकपा (एकीकृत समाजवादी) ले एक मन्त्रालाय पाउने भएको हो । कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । ‘कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ’, उनले भने, ‘केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ ।’ मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताए। ‘केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि…