बालकृष्ण खाँणलाई चारदिन थुनामा राख्न अदालतले अनुमती दिए सँगै श्रीमती मञ्जु सम्पर्कविहीन

निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेलगत्तै उनकी पत्नी मञ्जु खाण सम्पर्क विहीन भएकी छिन् । खाण पक्राउ परेको खबर पाउनेबित्तिकै ललितपुरस्थित निवासमा रहेकी पत्नी मञ्जु मोवाइल स्विच अफ गरेर सम्पर्कविहीन भएको स्रोतले जानकारी दिएको छ ।

पूर्व गृहमन्त्री खाण चावहिलस्थित कांग्रेस नेता कान्छाराम तामाङको घरबाट पक्राउ परेका थिए । पक्राउ पर्नुभन्दा ठिक अगाडि उनी श्रीमतीसँग भिडियो कलमा सम्पर्कमा भएको पनि दावी गरिएको छ । खाण पक्राउ परेलगत्तै उनी पनि पक्राउ पर्न सक्ने डरले सम्पर्कविहीन भएको स्रोतको दावी छ ।

यसअघि पूर्वगृहमन्त्री खाणकी श्रीमती मञ्जुले पनि नक्कली शरणार्थी बनाउने काममा पैसा लिएको आरोप लागेको थियो । केही दिनअघि एउडा अडियो सार्वजनिक भएको थियो जसमा मञ्जु खाणले २ करोड र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले ६ करोड लिएको दावी गरिएको थियो ।

आजै देउवापत्नी आरजुले त्यो अडियोको सत्य तथ्य जाँच गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन समेत दिएकी छिन् ।

मा प्रकाशित