खबर

पक्राउ परेका रायमाझीकाे संसद पद निलम्बीत हुने
निकासखबर संवाददाता

काठमाडौं । भुटानी शरणार्थी सम्बन्धी ठगी मुद्दाको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको पद निलम्बन हुने भएको छ। उनी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाई जानकारी दिए पछि उनकाे पद निलम्बनमा पर्ने भएकाे हाे । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन विचौलियसँग मिलेर पैसा असुल गरेको आरोपमा फरार रहेका उनी आइतबार राति बुढानिलकण्ठबाट पक्राउ परेका थिए । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रायमाझीलाई म्याद थपका लागि सोमबार अदालत लगिँदै छ । एमालेका सचिवसमेत रहेका उनी मंसिरमा भएको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका हुन् । उनी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाई जानकारी दिए सांसद पद निलम्बित हुने संसद सचिवालयका…

आगलागीमा परेर बारामा एकै परिवारका चार जना घाइते
निकासखबर संवाददाता

बारा । बाराको आदर्श कोतवाल गाउँपालिका १ च्युटाहास्थित एक घरमा आइतबार राति आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन्। लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनिहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ। सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनिहरुलाई अस्पताल लगेका थिए। आगलागीबाट घर पूर्णरुपमा…

यसरी परे रायमाझी प्रहरी नियन्त्रणमा
निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । ‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । रायमाझी  वैशाख २० गतेका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको…

प्रचण्ड, ओली र कुँबरले हारगुहार नसुनेपछि
रूद्र भट्ट

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी यतिबेला काठमाडौं प्रहरी परिसरमा छन् । राती नै मेडिकल जाँच गरेको उनलाई प्रहरीले आजै सोमबार १० बजे अदालत लैजाने तयारी गरेको छ। नेपाल प्रहरीको पक्राउ पूर्जीलाई बेवास्ता गर्दै ११ दिनदेखि फरार रहेका रायमाझी भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमध्य उच्च तहका नेता हुन् । उनीसँगै यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । रायमाझी भन्दा अगाडि नेपाली कांग्रेसका नेता पुर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएर पनि फरार केहीको खोजी जारी रहेको छ । गृह जिल्ला र आफ्नो…

अन्ततः काठमाडाैंबाटै पक्राउ परे रायमाझी
निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई अन्यत्रबाट पक्राउ परेर फरार भएका भन्ने विभिन्न समाचार प्रकाशत तथा प्रसारण भएका भए पनि अन्ततः रायमाझीलाइ काठमाडौबाटै पक्राउ गरेको गृह मन्त्रालय उच्च स्रोतकाे भनाइ छ । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको…