अन्ततः काठमाडाैंबाटै पक्राउ परे रायमाझी

निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई अन्यत्रबाट पक्राउ परेर फरार भएका भन्ने विभिन्न समाचार प्रकाशत तथा प्रसारण भएका भए पनि अन्ततः रायमाझीलाइ काठमाडौबाटै पक्राउ गरेको गृह मन्त्रालय उच्च स्रोतकाे भनाइ छ ।

त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

मा प्रकाशित