संघीय खबर

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त
निकासखबर संवाददाता

काठमाडौँ, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई राष्ट्रपति पौडेलले पदमुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ९ख० बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकलेलाई उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णयलाई सदर गर्दै तीन प्रदेश प्रमुख पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत
निकासखबर संवाददाता

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि भएको मतदानका क्रममा उनले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन । प्रतिनिधिसभामा उपस्थित २ सय ६८ मध्ये प्रधानमन्त्रीको विश्वासको पक्षमा १५७ मत, विपक्षमा ११० मत परेको थियो । एक मत दिन्न भन्नेमा परेको सभामुख देवराज घिमिरेले बताए । मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो । सभामुख घिमिरेले प्रधानमन्त्रीको पक्षमा परेको विश्वासको मत तत्काल सदनमा कायम संख्याको बहुमत भएकाले विश्वासको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । प्रधानमन्त्रीलाई एमाले, माओवादी,…

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता
निकासखबर संवाददाता

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता गरिएको भएको छ । संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्मका लागि उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ भने मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ ।

अर्थमन्त्रीमा पुन परराष्ट्रमन्त्रीमा श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडौं, फागुन २३ । नेकपा एमाले(माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । जसमा माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए । त्यस्तै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुने भएका छन् ।  

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम
निकासखबर संवाददाता

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । रास्वपाले सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पनि टुंगो लगाइसकेको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा पाउने भएका हुन् ।