संघीय खबर

कांग्रेस सभापतिको चिन्ता : सहिदहरुको सम्मान हुन सकेन
निकासखबर संवाददाता

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको अनावरणका क्रममा सभापति देउवाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सभापति देउवाले सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरुको सबैले सम्मान गर्नुपर्ने बताए । सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पनि पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे । यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय…

कोशीमा गठबन्धनबाट सिटौला विजयी
निकासखबर संवाददाता

काठमाडौं, ११ पुस । कोशी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार सिटौलाले एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौलाले ५२९२ मतभार पाउँदा राप्रपाका उद्धव पौडेलले भने ४५६२ मतभार पाएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत ल्याएका थिए । भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ । प्रदेशको १ भोट बदर भएको थियो । त्यस्तै महिलातर्फ भने एमालेकी रुक्मिणी…

उत्पादन र रोजगार केन्द्रित बजेट निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन
निकासखबर संवाददाता

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले जनताले सरकारबाट आशा गरेकाले उनीहरुको आशालाई पूरा गर्न गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । नीति कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण भएकाले चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने गरी काम गर्नुपर्ने बताए । बजेट निर्माणका क्रममा अर्थतन्त्र दबाबमा रहेकाले धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर लैजानु पर्ने…

महरा अस्पताल भर्ना
निकासखबर संवाददाता

काठमाडौं, ५ चैत । नेकपा ‘माओवादी केन्द्र’ का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेपछि मंगलबार अदालतमा उपस्थित गराइएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । ९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले उनीविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको…

महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
निकासखबर संवाददाता

काठमाडौं, ५ चैत । नेकपा ‘माओवादी केन्द्र’ का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले चार दिनको म्याद पाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । महरालाई प्रहरीले सोमबार बिहान पक्राउ गरिएको थियो । काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीलाई आज नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो । म्याद थपका लागि उनलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो । इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन् । ९ किलो सुन र ६० किलो…