महरा अस्पताल भर्ना

निकासखबर संवाददाता

काठमाडौं, ५ चैत । नेकपा ‘माओवादी केन्द्र’ का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेपछि मंगलबार अदालतमा उपस्थित गराइएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । ९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले उनीविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जाँचबुझ आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन बुझाएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालय हुँदै उक्त प्रतिवेदन सिआइबीमा पुगेको थियो ।

 

मा प्रकाशित