कांग्रेस सभापतिको चिन्ता : सहिदहरुको सम्मान हुन सकेन

निकासखबर संवाददाता

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको अनावरणका क्रममा सभापति देउवाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सभापति देउवाले सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरुको सबैले सम्मान गर्नुपर्ने बताए । सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पनि पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी भएका थिए ।

 

 

मा प्रकाशित