कोशीमा गठबन्धनबाट सिटौला विजयी

निकासखबर संवाददाता

काठमाडौं, ११ पुस । कोशी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार सिटौलाले एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौलाले ५२९२ मतभार पाउँदा राप्रपाका उद्धव पौडेलले भने ४५६२ मतभार पाएका छन् ।

प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत ल्याएका थिए । भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ । प्रदेशको १ भोट बदर भएको थियो । त्यस्तै महिलातर्फ भने एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छिन् ।

 

मा प्रकाशित