संघीय खबर

निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । उनले पटक–पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको समेत बताएका छन् । सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताए । उनले भने, ‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरी जस्तो होइन, गडगडाएर बग्ने नदी जस्तो हो। माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो ।’ दाहालले…

तीन मन्त्रीको शपथ साँझ ५ बजे
निकासखबर संवाददाता

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ जना विना विभागीय मन्त्री बनाउने भएका हुन् । शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष मन्त्री नियुक्तिबारे जानकारी दिएपछि राष्ट्रपति कार्यालयमा शपथको तयारी भइरहेको छ । विनाविभागीय ती मन्त्रीहरुमा माओवादी केन्द्रका तर्फबाट नुवाकोट–१ का सांसद हितबहादुर तामाङ, नेकपा एमाले एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत डीपी अर्यालले मन्त्रीको शपथ लिने भएका हुन् । गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री थिए ।  

ओली र देउवासँग प्रधानमन्त्री प्रचण्डको छुट्टाछुट्टै भेट
निकासखबर संवाददाता

काठमाडौं, २० फाल्गुन । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) बारे प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गरेका छन् । विधेयकलाई लिएर कांग्रेस र एमाले पनि सकारात्मक रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । तर प्रधानमन्त्री प्रचण्डले भने यसविषयमा छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ । हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ…

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
निकासखबर संवाददाता

काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएवार्ता भएको हो । भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापतिले ध्यानाकर्षण गराएको थियो । चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा फागुन १२ गते शालिन मृत अवस्थामा भेटिएकी थिइन् । कक्षा ८ मा अध्ययनरत छात्राको मृत्यु भएको एक साता…

मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारको आह्वान
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ । गृह मन्त्रालयलेले आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाउँदै वार्तामा बोलाएको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको सो पत्रमा समस्या समाधानका लागि वार्तामा आउन मिटर व्याज पीडितहरुलाई बोलाइएको छ । अध्यक्ष कुशवाहालाई लेखिएको पत्रमा भनिएको छ, ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ । बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित…