ओली र देउवासँग प्रधानमन्त्री प्रचण्डको छुट्टाछुट्टै भेट

निकासखबर संवाददाता

काठमाडौं, २० फाल्गुन । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) बारे प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गरेका छन् ।

विधेयकलाई लिएर कांग्रेस र एमाले पनि सकारात्मक रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । तर प्रधानमन्त्री प्रचण्डले भने यसविषयमा छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ ।

हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ ।

 

मा प्रकाशित