संघीय खबर

जापान नेपालको हितैषी मित्र: राष्ट्रपति पौडेल
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको हितैषी मित्र भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापान नेपालको हितैसी मित्र हुनुका साथै नेपालको दिगो विकासका लागि सहयात्री समेत भएको बताएका छन्। उनले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले उच्च मूल्यांकन गरेको बताए । ‘नेपालका राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमा समेत प्रगति भैरहेको भन्दै यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव आगामी दिनहरुमा पनि विगतमा जस्तै महत्त्वपूर्ण रहने बताए ।…

बालकुमारी घटनाका दोषीमाथि कारवाही हुन्छ : प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन भएको र सो आयोगले तयार पारेको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै सो कुरा बताएका हुन् । आइतबारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नेत्तर गरेका छन् । जसमा सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही गरिने बताएका थिए । बालकुमारी…

मेलम्चीको पानीमा भ्रष्टचार, भीम उपाध्यायसहित १८ जना विरुद्ध मुद्दा दायर
निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा आज पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १८ जनालाई प्रतिवाद बनाई मुद्दा दायर गरेको हो । त्यस्तै त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुमाथि ८५ करोड ९१ लाख रुपैयाँ हिनामिनाको अभियोग छ। खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ । त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख…

विद्यार्थी विदेशीने क्रम रोक्नुपर्छ : प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं, ३ फाल्गुण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि विद्यार्थीहरु विदेश जाने क्रम रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय संघ एआइयु उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताए । विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतीसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्धानहरु आकर्षित हुने…

पार्टीलाई १० प्रतिशत पनि समय नदिनेलाई कारबाही : प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारवाही गर्ने भएको छ । सोमबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले यस्तो घोषणा गरेका हुन् । उनले पार्टीको काममा १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने बताए । आगामी दुई दिनभित्र सबै प्रदेशका इन्चार्जहरुलाई रिपोर्ट दिन निर्देशन गर्दै रिपोर्ट आएपछि सोही रिपोर्टका आधारभा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अधि बढिने बताए । त्यसतै अभियानका क्रममा धेरै खटिने नेताहरुलाई विशेष सम्मान गरिने पनि उनले बताए ।