विद्यार्थी विदेशीने क्रम रोक्नुपर्छ : प्रधानमन्त्री

निकासखबर संवाददाता

काठमाडौं, ३ फाल्गुण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि विद्यार्थीहरु विदेश जाने क्रम रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय संघ एआइयु उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए ।

उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताए । विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतीसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्धानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताए । प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षाका लागि विद्यार्थीका वैदेशिक आकर्षण घटनाउनका लागि यहाँ नै कै शैक्षिक स्तरमा सुधार गर्नुपर्ने खाँचो रहेको औलाए ।

मा प्रकाशित