संघीय खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन छ : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धानका आयोगले चालेका कदमहरुमा नेपाल सरकारको पूर्ण समर्थन रहेको बताएका छन् । सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको भन्दै विभिन्न कालखण्डमा भएका सबै साना–ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । आइतबार अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकारी जग्गा हडप्‍ने, व्यक्तिगत नाममा कायम गर्नेहरूलाई छानविन अनुसन्धान गरिरहेको भन्दै क्रिप्टोकरेन्सी कारोवारी, हुन्डी कारोवारी, सुन तस्कर र सहकारी…

कांग्रेस महासमिति सदस्यको लेबी ३ हजार : खान पाइने, बस्ने काँ ?
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसको महासमितिको बैठक यही फागुन ७ देखि १० फागुनसम्म चल्नेछ । त्यसको तयारीलाई निकै तीव्रता दिइएको र हालसम्म ८० प्रतिशत पूरा भइसकेको प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्मा जानकारी दिए । उनका अनुसार हल बुकिङ, आवास र भोजनको काम पनि भइसकेको र हाल प्रचार प्रसारको काम भइरहेको जानकारी दिए । उनले महासमिति बैठकले अहिलेसम्म पार्टीले अबलम्बन गर्दै आइरहेको सैद्धान्तिक पक्षलाई निरन्तरता दिने बताए । महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा कांग्रेसको केन्द्रीय निर्वाचन आयोग लिएको बताए । आयोगले सबै कुराको अध्ययन गरेर प्रक्रियागत ढंगबाट टुंग्याउने र प्रक्रिया नपुगेकोलाई प्रक्रिया पुर्याउन बदर गर्ने भन्ने निर्देशन…

प्रधानमन्त्री बन्ने ‘विप्लव’ को चाहना
निकासखबर संवाददाता

बुटवल, २७ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पाँच वर्ष नेपालको प्रधानमन्त्री बन्न पाउने चाहना व्यक्त गरेका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने दावी समेत गरे । उनले भने, ‘एक पटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर पाँच वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’ संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको उनले बताए । उनले अन्य दलहरुसँग एक पटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह समेत गरे । विप्लवले भने, ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट…

पहिचान र अधिकारका पक्षधर गोलबन्द हुनुपर्छः प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सक्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईँहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुर्नुस् ।’, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा…

मुख्यमन्त्रीहरुको भरोसा टुट्न दिन्न, संघीयता कार्यान्वयनमा लाग्छु : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं, २४ माघ । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनको संवाहक हुनुका नाताले संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने बताए । उनले संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले आफूमाथि गरेको भरोसालाई ट्ट्न नदिने समेत प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ संघीयता कार्यान्वयनमा लाग्छु ।’ ०७६ मा परिषद्सम्बन्धी कानुन बने पनि गत असारमा आफूले नै पहिलो बैठक राखेको चर्चा गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारका…