संघीय खबर

ओली सरकारले गरेकाे निर्णय सर्वाेच्चद्वारा खारेज
निकासखबर संवाददाता

काठमाडौं, २४ माघ । झापाको विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटले हदबन्दीभन्दा धेरै राखेको जग्गा बिक्री गरेर कम्पनी स्थानान्तरण गर्न दिने तत्कालिन केपी ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । चिया बगान सार्न दिने निर्णय गैरकानूनी र बदनियपूर्ण भएको भन्दै ओली सरकारले गरेको निर्णय खारेजीकाे मागसहित अदालतमा परेको रिटको आज सुनुवाई भएको हो । तत्कालिन ओली सरकारले गरेको सो निर्णय सर्वाेच्चले खारेज गरिदिएको छ । गिरीबन्धु चिया बगानको जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको थियो । तत्कालिन प्रधानमन्त्री केपी ओलीको समयमा हतार–हतार भूमिसम्बन्धि ऐनसमेत संशोधन गरेर गिरिबन्धु टी इस्टेटको हदबन्दीभन्दा अर्बौको जग्गा बिक्री गर्ने अनुमति मन्त्रिपरिषदबाटै दिइएको…

प्रधानमन्त्री प्रचण्डले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन
निकासखबर संवाददाता

काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको जलजलेमा अवस्थित उद्योग रहेको स्थानमा पुगी प्रधानमन्त्री प्रचण्डले उद्योगको अवलोकन गरेका हुन् । प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्गले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उद्योगलाई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताएका थिए । नेपाल र जापान सरकारको संयुक्त लगानीमा विसं २०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो । उक्त उद्योगले उत्पादन गरेको ‘गैँडा छाप’ ब्राण्डको सिमेन्ट नेपाली उपभोक्तामाझ लोकप्रिय छ ।  

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्ने दिन : प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उनीहरुले गरेका अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । शहिद स्मारक लैनचौर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले दिएको उच्च बलिदानको स्मरण गरेका छन् । प्रधानमन्त्रीले धभने, ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।’ शहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने भन्दै…

दरवार हत्याकाण्डसँगै राजतन्त्र समाप्त भयाे, ज्ञानेन्द्र शाह कुशका मात्र राजा : ओली
निकासखबर संवाददाता

काठमाडौं, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशका राजा मात्रै भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको टिप्पणी गरे । शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गर्दै ज्ञानेन्द्रलाई कुशका राजा भनेका हुन् । तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको भन्दै दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको उल्लेख गरे । ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो । राजतन्त्र समाप्त गर्‍यो’…

परिवर्तनको रक्षार्थ माओवादी घटकको एकता अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ११ मंसिर, २०८० ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षार्थ माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । सहिद प्रतिष्ठान नेपालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरेका छन् । विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु ।’ जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । यसअघि घाइतेहरुको सूचीमा छुटेकाहरुलाई पनि…