संघीय खबर

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
निकासखबर संवाददाता

काठमाडौं, ११ माघ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् । अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहोरा, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेपाली काँग्रेसका नारायण दत्त भट्ट र महिलातर्फ नेकपा माओवादीका रेनु चन्द विजयी भएका हुन् । महिलातर्फ विजयी माओवादीकी रेनुले ४ हजार ४५३ मत पाएर विजयी बनिन् । त्यस्तै अपाङ्गतर्फ कांग्रेसका भट्टले ४ हजार ४१९ मत पाएर विजयी बने भने अन्यतर्फ कांग्रेसकै बोहराले ४ हजार ३४७ मत पाएर विजयी बनेका हुन् ।

मधेशबाट सत्तारुढ गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित
निकासखबर संवाददाता

काठमाडौं, ११ माघ। राष्ट्रियसभा सदस्यका लागि मधेश प्रदेशबाट सत्तारुढ गठबन्धन दुवै उम्मेदवार विजयी भएका छन् । आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । ढुंगानाले अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर विजयी बने भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी छन् । महिलातर्फ निर्वाचित सत्ता गठबन्धनकी उम्मेदवार चौधरीको मतभार ७ हजार ९२३ छ भने प्रतिद्वन्द्वी एमालेकी उषादेवी थरुनीले २ हजार ४४६ मतभार प्राप्त गरेकी छिन् । मधेश प्रदेशका एक सय ३६ पालिका र…

लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णकुमारी सापकोटा विजयी
निकासखबर संवाददाता

काठमाडाैं, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य  निर्वाचनमा  सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् । सार्वजनिक मतपरिणाम अनुसार सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गर्दै विजयी बनेका हुन् । त्यस्तै महिला क्लस्टरमा नेकपा एमालेकी तुलसा केसीलाई पराजित गर्दै कांंग्रेसकी सापकोटा विजयी भएकी हुन् । सत्तारुढ गठबन्धन दलको समर्थन रहेको सापकोटाले ५४३५ मत प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् । औपचारिक घोणणा हुन बाँकी रहेको…

पुर्व गृहमन्त्री खाँणलाई ३० लाख धराैटीमा छाड्ने आदेश
निकासखबर संवाददाता

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहनु भएका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो । उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३०…

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
मोरक्को ।

अर्थमन्त्री डा प्रकाशशरण महतले युरोपेली संघ ९ईयू० का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन् । उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गरे । सन् २०१३ देखि इयुले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन । इयुले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्विकार गरेको थियो । २०७९ फागुनमा इयुले…