संघीय खबर

कार्यशैली सुधार्न कर्मचारीलाई ऊर्जामन्त्री बस्नेतको निर्देशन
निकासखबर संवाददाता | काठमाडौं, २४ भदाै, २०८० ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् । साथै उनले सबै तहका कर्मचारीलाई आफ्नो कार्यशैली सुधार गर्न निर्देशन पनि दिएका हुन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम रोकिएको वा आमनागरिकले दुःख पाएको भन्ने गुनासो नआउने गरी काम गर्न आग्रह गरे । उनले पछिल्ला दिनमा ऊर्जा उद्यमी तथा सरोकारवालाले विद्युत् विकास विभागको काम प्रभावकारी नभएको गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न, कमजोरी सुधार गर्न, संरचनागत वा कानुनी समस्या भए समाधानका निम्ति आफूसँग परामर्श गर्न कर्मचारीलाई निर्देशन दिए…

प्रत्येक स्थानीय तहमा सुपथ मूल्य पसल सञ्चालन गर्न लेखा समितिको निर्देशन
निकासखबर संवाददाता

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रत्येक स्थानीय तहमा सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले दिएको निर्देशनमा भनिएको छ, कालोबजारी र सिन्डिकेट तथा उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय निकायमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्नेगरी आवश्यक समन्वय गर्न र सोको सेवा प्रवाहको अवस्था अनुगमन मूल्यांकनका लागि आवश्यक संयन्त्र निर्माण गर्न नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गर्दछ । त्यसैगरी गैरकानुनी रुपमा पूँजी पलायनलाई तत्काल नियन्त्रण गर्न, आयात गर्दा गरिने न्यून विजकीकरणलाई तत्काल कानुनबमोजिम कारबाही गर्न समेत मन्त्रालयलाई निर्देशन गरिएको छ । उद्योग…

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति
काठमाडौं, ९ असोज २०८० ।

नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक हब मानिन्छ । नेपाल चाइना चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ र उसी सीसीपीआईटीका उपाध्यक्ष वाङ सिसोङले मंगलबार आयोजित एक समाराोहमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उसी पूर्वी चीनको सांघाई नजिकैको सहर हो । जुन चीनको सबैभन्दा ठूलो ताजा पानीको तालहरू मध्ये एक, ताइहुको किनारमा अवस्थित छ…

विश्व बैंकले नेपाललाई २ अर्ब ६० करोड अनुदान दिने
काठमाडौं, ६ असोज २०८० ।

विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनालाई सहयोग गर्न २ अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात् २ करोड डलर अनुदान स्वीकृत गरेको छ । नेपालका १६ गाउँपालिकाका ५५ हजारभन्दा धेरै साना किसानलाई कृषि उत्पादकत्व र पोषण अभ्यासमार्फत यस परियोजनाले लाभ दिने उद्देश्य रहेको बैंकले जनाएको छ । ‘दिगो विकासका लक्ष्य र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिवद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्दै गरिबी न्यूनीकरण गर्नु नेपाल सरकारको राष्ट्रिय लक्ष्य छ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने । परियोजनाले उत्पादकत्व र जीविकोपार्जनसँगै सीमान्तकृत समुदायको पोषण सुरक्षा सुधार गर्न सरकारको प्रयासलाई…

आयोग उपाध्यक्षसँग यूएनडिआरआर एशिया प्रमुखको शिष्टाचार भेटवार्ता
काठमाडौं, २ असोज २०८० ।

राष्ट्रिय योजना आयोगका मा. उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि (United Nations office for Disater Risk Reduction, Regional office for asia pacific) मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा विपद् जोखिम न्युनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो । उपाध्यक्ष श्रेष्ठले विपद् जोखिम न्युनिकरणमा निकै अघि बढेको बताए । भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति थियो ।