संघीय खबर

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता
काठमाडौं, २५ भदौ २०८० ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो । नेपाल प्रतिनिधि होङले राष्ट्रि योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने बताइन् । उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्याउदै आएको सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए । होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी…

द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकियो
काठमाडौं, २४ भदौ २०८० ।

काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना निर्माणको काम ०७९/८० को साउन मसान्तसम्म २६.१४ सकिएको आयोजना प्रमुख कमलविक्रम शाहले बताए । आइतबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडक आयोजना प्रमुख शाहले जानकारी दिए । उनले द्रुतमार्गलाइृ ११ वटा क्लष्टरमा बाँडेर १३ वटा निर्माण प्याकेजहरुमध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरु निर्माणाधीन अवस्थामा रहेको बताए । प्रमुख शाहका अनुसार आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ ।…

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय
काठमाडौं, २२ भदौ २०८० ।

भदौ २१ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्ने सहितका १५ निर्णय गरेको छ । २०८० भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने । २. जनवादी गणतन्त्र चीनको बेइजिङमा मिति २०८० भदौ २६-२९ सम्म आयोजना हुने नेपाल चीन संयुक्त व्यापार कार्यदलको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने । ३. पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव श्री मधु प्रसाद भेटुवाल, कार्यकारी निर्देशक (प्रशासन रवित्त) पदमा सहसचिव…

बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री डा. महत
काठमाडौं, २२ भदौ २०८० ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताए । प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व. प्रदिप गिरिको सिराहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्दै मन्त्री डा. महतले भने, ‘प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ ।’ प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री डा. महतले भने, ‘प्रदीप गिरी परिचित नाम हो । उनको विचार र ज्ञान अथाहा थियो । उनको विचारबाट हामी केही न केही प्रभावित भएका छौं ।’ अहिले उहाँ हुनुहुन्न,…

संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकार यथावत : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २२ भदौ २०८० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको जानकारी दिएका छन् । शुक्रबार निजामती सेवा दिवस २०८० को अवसरमा सिंहदरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले विधेयकमा अहिलेको व्यवस्थालाई केही परिवर्तन नगरिएको प्रस्ट पारे । सङ्घीय निजामती सेवा विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे । उक्त कार्यक्रममा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका…