संघीय खबर

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान सुचारु गर्ने
काठमाडौ, १९ भदौ २०८० ।

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ । कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ । थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौँ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने छन् । “निर्धारित उडान पुनः सुचारु गनेसँगै भुटान एयरलाइन्सले कोभिड महामारीका कारण रोकिएको काठमाडौँका उडान पुनः सुचारु हुनेछ, यसमा हामी उत्साहित छौँ, महामारीको समयमा उडान रद्द वा रिरुट गर्नेजस्ता कठिन निर्णय लिनुपर्ने…

सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी
काठमाडौ, १६ भदौ २०८० ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । काठमाडौँ महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने उनले चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ’

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौं, १२ भदौ २०८० ।

मंगलबार आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ । बैठकमा प्रधानमन्त्रीलाई बढीमा १५ जना सांसदले प्रश्न सोध्न पाउने छन । सांसदहरुलाई समुह समुहमा विभाजन गरेर प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिएको छ । जस अनुसार आज दोस्रो समुहमा रहेका सांसदहरुले प्रश्न सोध्ने भएका हुन । उक्त प्रश्नको प्रधानमन्त्रीले आज नै प्रश्नहरुको जवाफ दिने छन । बैठक बिहान ११ बजे बोलाइएको छ ।

निर्वाचनको नौ महिनापछि संसदीय समितिले पाए सभापति : सबैले लिए सपथ
काठमाडौं, ११ भदौ २०८० ।

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सभामुख देवराज घिमिरेले सङ्घीय संसद् सचिवालयमा आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन् । सोमबारै १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए । जसअन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका…

संसदीय समितिको सभापतिमा माओवादीबाट सापकोटा र सुवेदी
काठमाडौं, १० भदौ २०८० ।

काठमाडौँ । संसदीय समितिको सभापतिमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा र विमला सुवेदीलाई सभापति बनाउने भएको छ । संसदको १० वटा विषयगत समितिमध्ये दुई वटामा सापकोटा र सुवेदीलाई सभापति बनाउने भएको हो । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार माओवादी केन्द्रले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समिति पाएको थियो । सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद सापकोटालाई पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति नुवाकोटकी बिमला सुवेदीलाई बनाउने निर्णय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । सभापतिको  मनोनयन दर्ताका लागि आइतबार बिहान ११ बजेदेखि दिउँसो ४ बजे समय तोकिएको छ ।