संघीय खबर

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित
निकासखबर संवाददाता

अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्षमा निर्वाचित भएका छन । क्यानडाको भ्यानकुभरमा जारी जीईएफको ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट अर्थमन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याण्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । मन्त्री महतले विश्व वातावरण कोषको साधारणसभालाई सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत भाग वनका रुपमा संरक्षण गरी स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । मन्त्री महतले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको र त्यसको नतिजास्वरुप बाघ तथा गैंडाको संख्या उल्लेख्यरूपमा वृद्धि भएको बताए । नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने…

सर्वोच्चप्रति कांग्रेस सांसदको आक्रोश, भने-संसदमाथि हस्तक्षेप भयो
काठमाडौं, ७ भदौ २०८० ।

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बजेटमा आएको संसद विकास कोष सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेशले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । घिमिरेले बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बजेट गर्ने निर्माण अधिकार संसदको रहेको भन्दै सर्वोच्चले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर व्यवस्थापिकामाथि हस्तक्षेप गरेको टिप्पणी गरे । ‘सांसदहरु जनताका प्रतिनिधि हुन् । कानुन बनाउने सर्वाधिकार तिनीहरुमा निहित छ’ सांसद घिमिरेले भने, ‘बजेटको एउटा अंशलाई झिकेर त्यसको विरोध गर्ने अधिकार न न्यायपालिकालाई छ, न कार्यपालिकालाई नै ।’ संविधानले अँगालेको शक्ति पृथकीकरणको सिद्धान्तलाई प्रभावित पार्ने गरी सर्वोच्च अदालतको आदेश आएको घिमिरेले बताए । उनले हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका अलग-अलग…

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा
काठमाडौं, ७ भदौ २०८० ।

संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकबाट भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय भएको हो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरूको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, अब प्रतिनिधिसभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन । बैठकमा…

संसद चल्ने, दलहरुबीच जुट्यो सहमति
काठमाडौं, ६ भदौ २०८० ।

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको हो । संसदमा रहेका प्रमुख दलहरुबीच सुन तस्करीका सम्बन्धमा छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यही साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो बढी सुन तस्करीको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेपछि आयोग बन्नेछ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा…

सिआईबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन
निकासखबर संवाददाता

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बालुवाटार स्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना सम्बन्धमा गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सीआईबीले अनुसन्धान सुरु गरेको ५७ औँ दिनमा राय सहितको प्रतिवेदन बुझाएको हो । ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला न्यायाधिवक्ता महेश खत्रीले बताए । प्रतिवेदन अनुसार २०४९ देखि २०७९ सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २…