संघीय खबर

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
निकासखबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख गरिएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र छलफलपछि सर्वसम्मतिमा पारित गरेको उक्त नियमावलीमा सदनलाई मर्यादित र सांसदलाई अनुशासित तुल्याउने हेतुले त्यस्ता धेरै प्रावधान समेटिएका हुन् । सत्तापक्ष र विपक्ष सदस्यका केही सदस्यबाट लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिले जनताको सार्वभौमसत्ता सम्पन्न संसदमा पछिल्ला समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी निकै आलोचना भएको छ । अमर्यादित होइन, शिष्ट हुनु पर्छ नेकपा (एमाले) संसदीय दलका उपनेता…

राँगो र भैंसीका बहस गर्न जनताले सांसद बनाएका हैनन्ः सांसद सापकोटा
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भारतबाट राँगो कि भैंसी ल्याइएको भन्ने छुट्याउन नसक्ने सांसदहरूका कारण सांसद र सांसदहरूप्रति नै जनमानसमा गलत सन्देश प्रवाह भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा बुधबार आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सापकोटाले राँगारभैंसी ल्याइएको विषयमा बहस गर्न जनताले सांसद नजिताएको बताए । प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले भारत भ्रमणका क्रममा १५ वटा राँगा ल्याउने सम्झौता गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका थिए । सापकोटाले विपक्षी सांसदहरूतर्फ लक्षित गर्दै भैंसी वा राँगा किन ल्याएको भन्ने विषयमा भन्दा भारतको बिहारबाट भित्रिएर जनताको घरघर…

नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता माथि गरिएको हस्तक्षेप सह्य हुँदैनः अखिल (क्रान्तिकारी)
निकासखबर संवाददाता

काठमाडाै‌ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले भारत सरकारले पछिल्लो पटक मे २८मा आफ्नो नयाँ संसद भवनको उद्घाटन गर्ने क्रममा संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेत राखेर नक्सा सार्वजनिक गर्नु घोर आपत्तिजनक भएकाे बताएकाे छ । संगठनका संयाेजक पवन कार्कीले एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् । कार्कीद्वारा जारी विज्ञप्तिमा- नेपालको भुभाग भारतले आफ्नो नक्सामा राख्ने कुरा प्रती हाम्रो संगठन अखिल(क्रान्तिकारी) घोर आपत्ति र निन्दा प्रकट गर्दछ भनिएकाे छ । उनले हाम्रो देशको भू-भाग नियोजित ढङ्गले आफ्नो देशको नक्सामा राख्ने भारतिय विस्तारवादको यो रवैया खेदजनक रहेकाे बताउँदै नेपाली जनतालाई कुनै पनि हालतमा…

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार (आदेश सहित)
निकासखबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको छ। पूर्व बालसेनाहरूले दर्ता गर्न लागेको रिट सर्वोच्च प्रशासनले जेठ १६ गते दरपीठ गरेको हो। पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, रामेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईको रिट सर्वोच्चले दर्ता गर्न नमानेको हो। नेकपा (माओवादी केन्द्र)को एक दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको भन्दै उनीहरू रिट लिएर सर्वोच्च गएका थिए । द्वन्द्वकालका घटना नियमित अदालतबाट नभई संक्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने भन्दै रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता नहुने आदेश…

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् । यसमा रेशम चौधरीसमेत समावेश गरिएका छन् । आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।