नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता माथि गरिएको हस्तक्षेप सह्य हुँदैनः अखिल (क्रान्तिकारी)

निकासखबर संवाददाता

काठमाडाै‌ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले भारत सरकारले पछिल्लो पटक मे २८मा आफ्नो नयाँ संसद भवनको उद्घाटन गर्ने क्रममा संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेत राखेर नक्सा सार्वजनिक गर्नु घोर आपत्तिजनक भएकाे बताएकाे छ । संगठनका संयाेजक पवन कार्कीले एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् ।

कार्कीद्वारा जारी विज्ञप्तिमा- नेपालको भुभाग भारतले आफ्नो नक्सामा राख्ने कुरा प्रती हाम्रो संगठन अखिल(क्रान्तिकारी) घोर आपत्ति र निन्दा प्रकट गर्दछ भनिएकाे छ । उनले हाम्रो देशको भू-भाग नियोजित ढङ्गले आफ्नो देशको नक्सामा राख्ने भारतिय विस्तारवादको यो रवैया खेदजनक रहेकाे बताउँदै नेपाली जनतालाई कुनै पनि हालतमा यो सह्य हुन् सक्दैन । भारतीय मोदी सरकारले सार्वजनिक गरेको नक्सा विश्व सामु एउटा भ्रम मात्र रहेकाे बताएका छन् ।

अखिल क्रान्तिकारीले यस्तो प्रकारको मिथ्या भ्रम बोकेको नक्सा आफ्नो संसद भवनमा राखेर दुनियालाई भ्रमित नगर्न भारत सरकारलाई चेतावनी दिँदै यस घटनाको सम्बन्धमा नेपाल सरकारको गंभीर ध्यानाकर्षण गराएकाे छ । तत्काल नेपाल सरकारले यसको खण्डन गर्न र नक्सा हटाउन भारत सँग पहल गर्नका साथै यस बारे आफ्नो धारणा स्पष्ट गर्न अनुरोध समेत गरीएकाे छ ।

भारतीय सरकारको यो रवैया हाम्रो देश नेपालको अखण्डता, राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताको जनभावना माथि गरिएको हस्तक्षेप हो भन्ने ठहर गर्दै यसको हामी घोर भत्सना गर्दै आम नेपाली जनतामा यसको सशक्त प्रतिवाद र खण्डन गर्नका लागि हार्दिक अपिल गरीउकाे छ ।

नेपाल राष्ट्र र नेपाली हरुको स्वाभिमान माथिको भारतीय हस्तक्षेप नेपाली जनतालाई कदापि स्वीकार्य हुनसक्दैन । नेपालको भूमि माथि धावा बोल्ने दुस्साहस गर्ने भारतीय विस्तारवादका विरुद्ध लाखौँ युवा विद्यार्थीहरु प्रतिरोध गर्न तयार रहेकाे चेतावनी दिँदै देशकाे सिमा रक्षाका लागि लाखाैै युवा तयार रहेकाे बताएका छन् ।

No description available.

मा प्रकाशित