संघीय खबर

लेनदेनको विषयमा गृह मन्त्रालयमै विवाद भएको थियोः रायमाझी
निकासखबर संवाददाता

काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नबीच गृह मन्त्रालयमै लेनदेनको विषयमा विवाद भएको बयान दिएका छन् । १६ पुस २०७७ मा काम विशेषले गृह मन्त्रालय गएको बेलामा स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको र कार्यकक्षमा छिर्दा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको बयान दिएका छन् । कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौं ? भनी सोध्दा निजहरूले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका बयानमा भनेका छन् । त्यस्तै, रायमाझीले…

प्रहरी र मिडियाले दोषी करार गर्दैमा दाेषी हुँदैनः कांग्रेस सभापति देउवा
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठको आरोपमा पक्राउ परी हाल हिरासतमा रहेका नेता बालकृष्ण खाँणको बचाउमा नलागेको भन्दै असन्तुष्टि पोखेका छन् । सभापति देउवालाई भेट्न मंगलबार उनको धुम्बाराहीस्थित निवास पुगेका खाँणनिकट युवा नेता, केन्द्रीय सदस्य, सांसदले पार्टीको भूमिकाप्रति आक्रोस पोखेका हुन् । स्रोतका अनुसार, खाणँ पत्नी मञ्जुले आफ्नो श्रीमानलाई फसाइँदासमेत पार्टीले केही नगरेको गुनासो गरेकी थिइन् । शरणार्थी प्रकरणमा प्रहरीको निगरानीमा रहेको सूचना चुहिएपछि पक्राउ परेका आफ्ना श्रीमान्लाई समेत भेट्न नगएर फरार मञ्जु केही दिनअघिबाट मात्र सार्वजनिक कार्यक्रममा देखिएकी थिइन् । प्रहरीले पक्राउ नगर्ने निश्चित भएपछि अस्ट्रेलिया पुगेकी…

गणतन्त्रले नेपालमा छोरीलाई पनि राष्ट्रप्रमुख बन्न संभव तुल्यायोः मन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवन रुपान्तरणमा लाग्नु राजनीतिक र सञ्चार क्षेत्रको साझा दायित्व भएको बताएकी छन् । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथाको २७ औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै उहाँले राजनीतिक र सञ्चार क्षेत्र दुबैको सहकार्यमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसलाई संस्थागत गर्दै यसको माध्यमबाट जनताको जीवन रुपान्तरण गर्ने साझा दायित्व बाँकी रहेको बताएकी हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट व्यवस्था भएको उल्लेख गर्दै उनले सत्ता सञ्चालकबाट हुने कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रवृत्ति बढेको भन्दै यो गलत भएको बताइन् । ‘कतिपय वृत्तबाट गणतन्त्रले के दियो…

शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, ३२ जना प्रतिवादी
निकासखबर संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रहरीले हाल हिरासतमार रहेका १६ जना र फरार सूचीका १६ जनालाई प्रतिवादी बनाएको छ। अन्य केहीको पनि नाम प्रतिवेदनमा रहे पनि अझै उनीहरुविरुद्ध अनुसन्धान आवश्यक पर्ने प्रहरीले जनाएको छ। अब सरकारी वकिलले आगामी शुक्रबारसम्म यो मुद्दा जिल्ला अदालतमा पुर्‍याइसक्नु पर्नेछ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँणसमेत १६ जना पक्राउ परेका…

एकपटक माओवादी भएर काम गर्न प्रधानमन्त्रीलाई विप्लवको सुझाव
निकासखबर संवाददाता

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै उनले अहिले पनि त्यस्तै स्थिति आइरहेको दाबी गरे। सरकारले मन्त्रिपरिषदमा जनचाहनाअनुरूपका प्रस्तावहरु गरे आफूले सडकबाट साथ दिने विप्लवको भनाइ छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे। ‘मैले भनेको छु– क्याबिनेटमा प्रस्ताव गर्नुहोस्, हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ। हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौँ। तर,…