संघीय खबर

सरकारको नीति तथा कार्यक्रम आज
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने छन् । सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव…

नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने
निकासखबर संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुरको घटना राजनीतिक भएको बताएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक घटना भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरी लगायतलाई रिहाई गर्नुपर्ने बताएका हुन्। उनले यो अदालती मुद्दा नभई राजनीतिक भएकाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। उनले आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने घोषणासमेत गरे। उनले नाउपाले जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गर्ने बताए । भण्डारीले त्यति बेलासम्म पनि माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरे। भण्डारीका अनुसार रेशम चौधरी हत्यारा हुन…

आरजु र मञ्जुबारे सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु गलत होः कांग्रेस
निकासखबर संवाददाता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र नेता बालकृष्ण खाणकी पत्नी मञ्जुलाई शरणार्थी प्रकरणमा मुछिएकोमा कांग्रेसले आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेतृद्वयमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप लगाए । आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतलाई पार्टी केन्द्रीय सदस्य र सांसदसमेत रहेकी मञ्जु खाणको अवस्था के हो ? भनी सोधिएको थियो । त्यसमा महतले कडा जवाफ दिएका थिए ।  उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ…

सरकारले गलत गर्न खोजे साथ दिन सकिँदैनः माधव नेपाल
निकासखबर संवाददाता

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन्। पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले राम्रो काम गरेको र पार्टीको समर्थन रहेको भन्दै गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको बताएका हुन्। उनले उक्त प्रकरणमा सरकारले खुट्टा कमाउन हुने भन्दै जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखे। देशद्रोही काममा कम्युनिष्ट भनिएका व्यक्तिहरु नै संलग्न हुनु लाजमदो कुरा भएको उनले बताए। त्यस्तै अध्यक्ष नेपालले सत्तामा बसेका माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट…

रास्वपामा भ्रष्टलाई कुनै स्थान छैनः रवि लामिछाने
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा भ्रष्टहरुका लागि कुनै स्थान नरहेको दाबी गरेका छन् । काठमाडौंको माइतीघरमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पुगेका सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टहरुलाई कुनैपनि स्थान नदिने र अन्य पार्टीले पनि सोही नीति लिएमा भ्रष्टाचार निर्मूल हुने दाबी गरे । उनले भने, ‘भ्रष्टहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि स्थान छैन् । अन्य राजनीतिक दलहरुले पनि यही गरुन् भन्ने चाहान्छु ।’ शनिबार बिहानैदेखि स्वतस्फूर्त रुपमा सहभागी भएकाहरुले भ्रष्टाचारी विरुद्ध चर्का नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी, विवेकशील साझाका मिलनपाण्डेलगायत सहभागि थिए ।