संघीय खबर

भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राप्रपाको माग
निकासखबर संवाददाता

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।  शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरु सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । लिङ्गदेनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’ पार्टीले छानबिनमा दोषीलाई उम्‍काउन खोज्‍ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन…

मुकेशलाई शहीद घोषणा गरिन्छः मन्त्री मोदी
निकासखबर संवाददाता

काठमाडौं ।  सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन् ।  बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गरेका हुन् । मन्त्री मोदीले भने “ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ ।”  लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे । मन्त्री मोदीले भने “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८…

आरजूको चाकडी नगर्दा बढुवा पाएको थिइनः पूर्वएसएसपी विष्ट
निकासखबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले आफू पदमा रहँदा राजनीतिक आक्रमणमा परेको विषय खुलासा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत पूर्वएसएसपी विष्टले ०४७ देखि ०७३ सम्मको अवधिमा भएको राजनीतिक आक्रमणको खुलासा गरेका हुन् । उनले आफूमाथि ०४७ सालमा पहिलो आक्रमण सप्तरीबाट २४ घन्टाभित्र सरुवा गरेर दार्चुला पुर्‍याएको खुलासा गरेका छन् । उनले तत्कालीन रूपनीका निमुखा गाउँलेहरूलाई फसाउन रचिएको झुठा डाँका मुद्दा दर्ता गर्न नमानेकोले तत्कालीन नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र एवं सप्तरीका नेता रामकुमार चौधरीले आफ्नो सरुवा गराएको बताएका छन्। यस्तै, उनले आफूमाथि ०७३ सालमा अन्तिम आक्रमण गरेको समेत खुलासा गरेका छन्। पूर्वएसएसपी विष्टले ०७३ मा…

सरकारबाट भ्रष्टाचारविरुद्ध बोल्नेको मुख थुन्ने काम भएको एमाले अध्यक्ष ओलीको आरोप
निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धमा बोल्नेहरूको मुख थुन्ने काम भइरहेको आरोप लगाएका छन् । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धमा बोल्ने विपक्षीलाई धम्की दिने काम भइरहेको आरोप लगाएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संसदमा केही दिनअघि मात्र स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकाको विषय रहेको बताए । ‘ताजुब त के छ भने अमरेशकुमार सिंहले संसदमा सरकारको विरुद्धमा बोल्नुभयो, सरकारको विरुद्धमा बोल्दा धम्की मात्रै गएर अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । किन अस्तिकै…

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
निकासखबर संवाददाता

काठमाडाैं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक आज बिहीवार बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हाे । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन लगायत १० कार्यसूचीबारे छलफल हुनेछ । गत वर्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक वैशाख ३० गतेसम्म चल्नेछ । प्रचार विभागका उपप्रमुख रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, ४ केन्द्रीय निकायका अध्यक्ष र ९…