एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

निकासखबर संवाददाता

काठमाडाैं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक आज बिहीवार बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हाे ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन लगायत १० कार्यसूचीबारे छलफल हुनेछ ।

गत वर्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक वैशाख ३० गतेसम्म चल्नेछ ।

प्रचार विभागका उपप्रमुख रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, ४ केन्द्रीय निकायका अध्यक्ष र ९ प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) सहभागी हुने बताइएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित