एकपटक माओवादी भएर काम गर्न प्रधानमन्त्रीलाई विप्लवको सुझाव

निकासखबर संवाददाता

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै उनले अहिले पनि त्यस्तै स्थिति आइरहेको दाबी गरे। सरकारले मन्त्रिपरिषदमा जनचाहनाअनुरूपका प्रस्तावहरु गरे आफूले सडकबाट साथ दिने विप्लवको भनाइ छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे।

‘मैले भनेको छु– क्याबिनेटमा प्रस्ताव गर्नुहोस्, हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ। हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौँ। तर, एकपटक प्रचण्ड कमरेड फेरि माओवादीजस्तो बन्नुपर्छ,’ उनले भने।

मा प्रकाशित