बालकुमारी घटनाका दोषीमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन भएको र सो आयोगले तयार पारेको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै सो कुरा बताएका हुन् । आइतबारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नेत्तर गरेका छन् । जसमा सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही गरिने बताएका थिए ।

बालकुमारी घटनामा सरकारले लिएको पहलबारे गलत बुझाइ भएको भन्दै उनले मृतकका परिवारलाई १० लाख दिनेमात्रै नभई सरकारले गम्भीरता देखाउँदै छानबिन आयोग बनाएको पनि बताए । यस्तै मृतकका एक जना परिवारलाई रोजगारीको व्यवस्था गरिनुका साथै श्रम मन्त्रालयमार्फत थप आर्थिक सहयोगको पहल भइरहेको पनि बताए ।

बैठकमा सांसदहरुले देशको अर्थतन्त्र, विकास निर्माण, जलबायु परिवर्तन, मुक्तकमैया समस्या, बैंक तथा वित्तिय क्षेत्रको समस्या समाधान लगायत प्रश्न प्रधानमन्त्री समक्ष राखेका छन् ।

मा प्रकाशित