तीन मन्त्रीको शपथ साँझ ५ बजे

निकासखबर संवाददाता

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ जना विना विभागीय मन्त्री बनाउने भएका हुन् ।

शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष मन्त्री नियुक्तिबारे जानकारी दिएपछि राष्ट्रपति कार्यालयमा शपथको तयारी भइरहेको छ ।

विनाविभागीय ती मन्त्रीहरुमा माओवादी केन्द्रका तर्फबाट नुवाकोट–१ का सांसद हितबहादुर तामाङ, नेकपा एमाले एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत डीपी अर्यालले मन्त्रीको शपथ लिने भएका हुन् ।

गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री थिए ।

 

मा प्रकाशित