प्रदेश खबर

प्रदेश १ सरकारकाे सत्ता समिकरणमा फेरबदल हुँदैनः आङबाे
निकासखबर संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १  संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रदेश १ मा सत्ता समीकरणको फेरबदल केही नहुने बताएका  छन् । माथि जे जस्तो परिस्थिति निर्माण भएपनि, जेजे भए पनि  प्रदेश १ सरकारकाे सत्ता समिकरणमा फेरबदल नहुने बताएका हुन् । नेकपा एमालेले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएपनि माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै  उनले समर्थन फिर्ताको विषयमा पार्टीले  अहिले नै केही नसोचेको बताए । आङ्वोले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन रहिरहने बताउँदै अहिले भइ रहेको  सरकारले नै निरन्तरता पाउने बताए ।  उनले भने –‘अहिले प्रदेश १ को सत्ता समीकरण परिवर्तन…

धनकुटामा चार सय किलाे गाँजा जलाएर नष्ट
निकासखबर संवाददाता

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले ४ सय किलो अवैध लागुऔषध गाँजा जलाएर नष्ट गरेको छ । आइतबार जनप्रतिनिधी, स्थानीय र संचारकर्मीहरुकोे रोहवरमा प्रहरीले गाँजा जलाएर नष्ट गरेको हो । गत माघ २८ गते रातको समयमा ईलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । चेकजाँच गर्ने क्रममा सहिदभूमि गाँउपालिका वडा नं. ४ मा छिन्ताङबाट हिलेतर्फ जादै गरेको को १ ज ३११८ नम्बरको पिक अप गाडी रोक्न खोज्दा नरोकी गाडीको बत्ती समेत बन्द गरी भागे पश्चात उक्त गाडीलाई खानतलासी गर्ने क्रममा गाडीको पछाडी डाला भित्र १५ वटा प्लाष्टिकको…

बिर्तामोड महोत्सवको समय अवधि तीनदिन थपियो
निकासखबर संवाददाता

झापा । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकनकर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीनदिन थप गर्ने निर्णण गरेको महोत्सव मूलआयोजक समिति संयोजक राजु न्यौपानेले बताए । गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिवकुशल खतिवडाले जानकारी दिए । आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र…

स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नु पर्ने सराेकारवालकाे माग
निकासखबर संवाददाता

भक्तपुर । काठमाडौं उपत्यकाका पूर्वी भेगका पाँच नगरपालिका समेटेर बनाउने भनेको स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्।  उपत्यकाका पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना विगत सात वर्ष देखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको भन्दै यो खारेज गराउनु पर्नेमा सारोकारवालाहरुले बताएका हुन् । उपत्यकाका पूर्वी भेगका नगर प्रमुखहरुको बैठकले स्मार्ट सिटीकोलागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट ब्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरु ल्याउनुपर्ने निर्णय गरेको छ ।  काठमाडौंका दुई र भक्तपुरका तीन नगरपालिका…

धनकुटामा एक बृद्वकाे विभत्स हत्या
निकासखबर संवाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी–५ ज्यामिरेमा शुक्रबार एक वृद्धको हत्या भएको छ । स्थानीय ७० वर्षका मानबहादुर बस्नेतको विभत्स रुपमा हत्या भएको हो । हत्या राति नै भएको हुन सक्ने भएपनि प्रहरीलाई बिहान मात्र जानकारी आएको प्रहरीले जनाएको छ । निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरका अनुसार हत्या गरिएका वृद्धको टाउको घटनास्थलबाट एक किलोमिटर टाढा रहेको र शरिरको अन्य भाग भने उनको घरैमा रहेको छ । घटनास्थल महालक्ष्मी नगरपालिकाको मुकाम जीतपुर बजारबाट ९ र लेगुवा बजारबाट २ किलोमिटरको दुरीमा पर्दछ । घटना भएको थाहा पाएपछि आफुहरु त्यसतर्फ जाँदै गरेको र घटनाबारे घटनास्थल पुगेर मात्र विस्तृतमा जानकारी पाउन सकिने उनले बताए…