प्रदेश खबर

विरोध प्रदर्शनलाई ध्यान दिँदै विराटनगरमा निषेधाज्ञा
निकासखबर संवाददाता

विराटनगर । प्रदेश १ प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरेका छन् । उक्त सूचना अनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्था)बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले निषेधाज्ञा जारी गरेको उल्लेख छ । ‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा…

वर्तमान सरकारलाई कुनै खतरा छैनः सांसद निधी
निकासखबर संवाददाता

जनकपुरधाम  । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई कुनैपनि प्रकारको खतरा नरहेको जनाएका छन् । जनकपुरधाममा  नेपाल प्रेस युनियन मधेश प्रदेश समितिको पदस्थापन समारोहमा पूर्व उपसभापति समेत रहेका सांसदले निधीले वर्तमान सरकारले जुनसुकै बेलापनि आठ दलको समर्थन प्राप्त गर्ने बताएका हुन् । आम निर्वाचन पश्चात् जनताले दिएको जनादेशअनुसार सरकार सञ्चालन हुनुपर्छ । सांसद निधीले भने, ‘चुनावपछिको गठबन्धनमा आपसी तालमेल नमिलेका गठबन्धन टिक्न सकेन ।’ राजनैतिक दलहरुको जनादेश र चुनावी गठबन्धन अलग अलग भएकाले लोकतान्त्रिक जमात असन्तुष्ट बनेका थिए । अहिले सुखद वातावरण बनेको उनको तर्क छ । नेपाली काँग्रेसले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कोर्ष…

बजार अनुगमन, ठूलो परिमाणमा सामान नष्ट
निकासखबर संवाददाता

वीरगन्ज । होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ ।  सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको हो । वीरगन्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका किराना तथा खाद्यान्न पसलमा अनुगमन गर्दा विभिन्न पसलबाट म्याद नाघेको पिठो, बिस्कुट, खानेतेललगायत सामान नष्ट गरिएको वीरगन्ज महानगरपालिकाका खाद्य अधिकृत विपीनलाल दासले जानकारी दिए । पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एण्ड सप्लायर्स, श्री श्याम ट्रेडर्स, बालाजी ट्रेडर्स, सिद्धिदाता ट्रेडर्स, वर्णबाल जेनरल सप्लायर्स, गहवामाई सप्लायर्स र श्री गढीमाई स्टोर्समा अनुगमन गर्ने क्रममा धेरैजसो पसलमा व्यवसाय अनुमतिपत्र नलिई सञ्चालन गरेको, मूल्यसूची नराखेको, पसलको बोर्ड नराखिएको,…

शिलान्यास भएको २१ वर्षपछि कालोपत्रे भयाे सहिदभूमि-खाल्सा सडक
निकासखबर संवाददाता

धनकुटा । धनकुटाको एक सडक शिलान्यास भएको २१ वर्षपछि सडक कालोपत्रे हुने भएको छ । सहिदभूमिस्थित खाल्सा क्षेत्रमा रहेकेा सडक शिल्यान्याश भएकाे घज्ञ वर्षपछि कालाेपत्रे हुन लागेकेा हाे । यो क्षेत्रमा २०५८ सालमा कच्ची सडक पुगेको याे क्षेत्रमा रहेकाे सडक हिउँदमा धुलाे र वर्षामा हिलाेका कारणा जाेखिमपुर्रण यात्रा गर्नु पर्ने वाध्यता रहेकाे थियाे ।  खाल्सा क्षेत्रका हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक धनकुटाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गरेका थिए । प्रदेश १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्रे हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को…

संगठित हुदै प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानः अनुदान आयोगको नितिमा समावेश गर्न माग
निकासखबर संवाददाता

विराटनगर । प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन । उनीहरुले पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका छन । स्थापना भए पनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब् हुननसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका हुन । प्रदेश १ मामोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेलका अनुसार संघिय सरकारको विश्विद्यालय अनुदान आयोगले अझै सम्म प्रदेशमा स्थापना…