प्रदेश खबर

संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन् । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए । सांसदहरूको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, “अघिल्लोपटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको…

बालकको हत्या गरेको आरोपमा २ जना पक्राउ
निकासखबर संवाददाता

विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पास्वान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआए पश्चात आफन्तले खोजतलासको क्रममा स्थानिय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सुचना फागुन १७ गते पाए लगतै इलाका प्रहरी कार्यालय रङ्गेलीमा जानकारी गराउनासाथ प्रहरी अधिकृत समेतको टोलीले उक्त स्थानमा उत्खनन गर्दा बालकको शव फेला परेको हो । बालकको हत्या गरी गाडेको अवस्थामा शव…

कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले लियाे फिर्ता
निकासखबर संवाददाता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएकी हुन् । शाहीले प्रदेश प्रमुख तिलक परियार समक्ष माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको लिखित रुपमै जानकारी गराएकी छन् । केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो । केन्द्रीय समीकरणमा आएको फेरबदलका कारण कर्णालीमा राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सदस्य सन्तोषी शाहीले जानकारी दिइन् । ४० सदस्यीय प्रदेशसभामा राप्रपाबाट एक सिट प्रतिनिधित्व गरेको छ ।

वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ
रासस

म्याग्दी । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बता्रए । “६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति…

आपसी खिचतानीले पहिचानको नारा नारामै सिमित
गुमनाम गाउँले

विराटनगर । प्रदेश १ ले नामाकरणको लामो बहस पछि ‘कोशी’ टुंगो लागेको छ । लामो रस्साकस्सीपछि दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पनि पार लगाउन नसकेको नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै टुंगो लागेको हो । अहिले पहिचानको आन्दोलन कमजोर भएको छ । पहिचानलाई जातीय देख्ने नश्लीय चिन्तन र उनका आँखाका लागि यही बेला पहिचानवादी आन्दोलनलाई हुर्मत लिने अवसर भएको थियो । उक्त प्रयासमा प्रदेश १ का पहिचानवादी भनिएका र भोट बैंकको रुपमा प्रयोग गर्दै आएका १ नम्बर प्रदेशका राजनीतिक दलहरुको असलियत पनि उदाङ्गीएको छ । यस प्रदेशमा लामो समयदेखि किराँत, लिम्बुवान र खम्बुवान आन्दोलनहरु निरन्तर चले । लामो समयदेखि…