प्रदेश खबर

अग्नी प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई काठमाडौं महानगरपालिकाको २० लाख सहयोग
निकासखबर संवाददाता

काठमाडौं । २२ वैशाख । काठमाडौं महानगरले अग्नि प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई दश/दश लाख राहत दिने भएको छ । दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम उपलब्ध गराउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । आगलागीबाट पीडित बनेकाहरुका लागि सो रकम सहयोग गर्न महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको उनले बताए । रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने पनि उनले जानकारी दिए । दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र…

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, २२ बैशाख । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा योगेश राई रहेका छन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठसँग ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो । राईलाई प्रहरीले शनिवार सार्वजनिक गरेको हो । पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।   Facebook Notice for EU! You need to login to view and post…

३९ जिल्लाका १६५ ठाउँका डढेलो, २ जनाको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं, २० बैशाख । नेपालको भौगोलिक विकटता र लामो समयदेखि वर्षा नभएका कारण देशभर वन डढेलोको अवस्था विकराल बन्दै गएको छ । अत्यधिक चल्ने हुरि बतासका कारण एक ठाउँमा लागेको आगो सहजै अन्य ठाउँमा सल्किँदा आगो विकराल बन्दै गएको हो । यतिबेला वन डढेलोका कारण मानवीय बस्ती नै जोखिममा परेका छन् । हालसम्म देशभरका ३९ जिल्लाका १ सय ६५ स्थानमा डढेलो लागेको छ भने डढेमा परी दुई जनाले ज्यान गुमाईसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान…

विश्वकै प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा काठमाडौँ उपत्यका
निकासखबर संवाददाता

काठमाडौं, २० वैशाख । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको छ । यो विश्वमै प्रदूषित शहरको पहिलो नम्बरमा परेको छ । नेपालका विभिन्न स्थानमा लागेको लागिरहेको डढेलो र धुलोका कारण काठमाडौं उपत्यकाको वायु अस्वस्थ बनेको हो । एयर क्वालिटी इन्डेक्सले विहिबार सार्वजनिक गरेको सूचीमा काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । १७८ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको हो । दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १७० एक्यूआईसहित दोस्रो स्थानमा परेको हो । त्यस्तै तेस्रो स्थानमा १६२ एक्यूआईसहित थाइलाण्डको चिङ मै शहर परेको हो । ् प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ…

इलाम– २ उपनिर्वाचन : रास्वपासहित १६ उम्मेदवारको जमानत जफत
निकासखबर संवाददाता

काठमाडौं, १८ बैशाख । इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७७२ मतसहित नेकपा एमाले सुहाङ नेम्वाङ विजयी बनेका छन् । उनका निकटम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । त्यस्तै माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुसहित १६ जनाले कूल सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गरेका उनीहरुको जमानत जफत भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत…