प्रदेश खबर

इलाम–२: ५० प्रतिशत मत गन्दा सुहाङ नेम्वाङ ५ हजार मतले अगाडि
निकासखबर संवाददाता

काठमाडौं, १७ बैशाख । इलाम २ मा भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो कूल मतपत्रको ५० प्रतिशत हो । यहाँ कूल ६९ हजार २८७ मत खसेको थियो । अहिलेसम्मको मतपरिणम हेर्दा नेकपा एमालेका सुहाङ नेम्वाङको भारी मतान्तरको अग्रता कायमै छ । सुहाङको १४ हजार ६१३ भोट आउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काको खड्का ९ हजार ३११ भोट छ। दुईजनाबीच ५ हजार ३०२ मतको अन्तर छ। तेस्रो स्थानमा रहेका डकिन्द्र थेगिमले ८ हजार ५७० र चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् ।…

बझाङमा मतगणना सुरु
निकासखबर संवाददाता

बझाङ, १६ बैशाख । शनिबार भएको बझाङ प्रदेश सभा (क) को उपनिर्वाचनअन्तर्गत भएको मतदानको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेपछि मतगणना सुरु गर्ने सहमति गरेपछि जिल्ला अदालतको परिसरमा मतगणना सुरु भएको हो । छविसपाथिभेरा गाउँपालिका– १ र २ बाट गणना थालिएको हो । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा उत्रिएका छन् भने उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

झापामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
निकासखबर संवाददाता

झापा, १२ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेमा बुधबार भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। आज विहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मे३प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको प्र१–०१–००१च ९३२९ नम्बरको जीप आपसमा ठोक्किंदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जीप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कतारका राजा आउँदा सार्वजनिक बिदा
निकासखबर संवाददाता

काठमाडौं, १० वैशाख । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।  

कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने
निकासखबर संवाददाता

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । पार्टीले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई पनि गराइएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापप्रति असहमति जनाएको हो । सर्वोच्चले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।