प्रदेश खबर
बाइसधारामा बैशाख ११ गतेदेखि ल्हुति पुन्हि मेला सुरु
निकासखबर संवाददाताकाठमाडौँ, ५ बैशाख । काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । चैत्र शुक्ल पूर्णिमादेखि पाँच दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यसअघि बालाजु उद्यान कार्यालयले मेलाको व्यवस्थापन गर्दै आएको भएपनि यस वर्षबाट मेलालाई अझ भव्य र सभ्य बनाउने उद्देश्यले मेला व्यवस्थापन समिति नै गठन गरिएको समितिका सह–संयोजक प्रकाश बलामीले जानकारी दिए । विगतका दिनहरुमा उद्यान कार्यांलयले मेला व्यवस्थापनको जिम्मा लिँदा कर्तव्य पूरा गर्ने काम मात्रै भएको र आफूहरु स्वयम् सेवक बनि ती कुराहरुलाई नजिकबाट…
मधेस सरकारबाट बाहिरियो लोसपा
निकासखबर संवाददाताकाठमाडौं, ४ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश सरकारबाट बाहिरिएको छ । लोसपाका तर्फबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएसँगै लोसपाले सरकार छाडेको हो । मधेश प्रदेशमा लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत छ ।
सट्टेवाजीबाट ६० करोडको कारोबार गर्ने तीन जना पक्राउ
निकासखबर संवाददाताकाठमाडौं, २ बैशाख । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएर साढे ५७ करोड रुपैयाँ कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा १० का ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । उनीको साथबाट २१ वटा मोबाइल बरामद भएको छ । यस्तै, ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।
जिब्रो छेड्ने जात्रा मनाइयो
निकासखबर संवाददाताभक्तापुर, २ बैशाख । हरेक वर्ष वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएको छ । हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भरिएका थिए । २८ वर्षीय सुजन वाग श्रेष्ठको जिब्रो छेडेर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गरेका छन् । एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि २ बजेर ३५ मिनेटमा सुजनको जिब्रो छेडिएको थियो । जात्रामा मानिसहरुको भीड लागेको थियो । जिब्रो छेडेपछि सुजनलाई बोडेबासीले जयजयकार गरेका थिए । दोस्रो पटक जिब्रो छेडेका सुजनले चन्द्राँकारको भ्वाय् अर्थात महाद्वीप बोकेर हिँडेका सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न…
करोडौँ पर्ने बुद्धचित्तको बोट अज्ञात समूहद्वारा काटियो
निकासखबर संवाददाताकाभ्रे, ३० चैत । काभ्रेको रोशी–५ नागबेलीमा रहेको एक व्यक्तिको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम समेत फेला परेको काभ्रे प्रहरीले जनाएको छ । स्थानीय ठकुरानी तामाङको घरअगाडि सो बम फेला परेको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । बुद्धचित्त मालाको बोट १५/२० जनाको अपरिचित समूह आई काटेको हो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको…