प्रदेश खबर

केएमसीका सञ्चालकलाई सिंहदरबारभित्रै कालोमोसो
निकासखबर संवाददाता

काठमाडाैं, ३० पुस । काठमाडौं मेडिकल कलेज (केएमसी) का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरूले सिंहदरबारभित्रै कालोमोसो दलिदिएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकबाट बाहिरिने क्रममा उनलाई विद्यार्थीले कालोमोसो दलिदिएका हुन् । कडा सुरक्षा घेराभित्र रहेको सिंहदरबारको मुख्य भागमा अवस्थित मन्त्रालय परिसरमै पाँच जना विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने समूहमा सहभागी भएका नेकपा (एस) सम्बद्ध अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई प्रहरीले पक्राउ गरेको छ । सो संगठनका अध्यक्ष सुदेश पराजुलीले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘सुनिल शर्मालाई कालोमोसो दलेका छौं,’ पराजुलीले भने– ‘हाम्रो संगठनका उपमहासचिव महेश…

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट
निकासखबर संवाददाता

सुर्खेत | वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ । दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो । “प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन”, नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूपेन्द्रदेव गिरीले भने “प्लान्ट जडान गरी उत्पादनका लागि तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्नासाथ सिलिन्डरमा भरिनेछ ।” उनका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका १५० थान सिलिन्डरमा अक्सिजन…

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाउँदै थाहा नगरपालिका, पाठ्यक्रममा के छ ?
निकासखबर संवाददाता

मकवानपुर | मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षबाट लागु गर्ने तयारी गरेको हो । नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अघि सारेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने तयारी गरेको छ भने दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागु गर्ने जनाइएको छ । त्यसका लागि नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारिसकेको छ । १ देखि ५…