काठमाडौं, २० वैशाख । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको छ । यो विश्वमै प्रदूषित शहरको पहिलो नम्बरमा परेको छ । नेपालका विभिन्न स्थानमा लागेको लागिरहेको डढेलो र धुलोका कारण काठमाडौं उपत्यकाको वायु अस्वस्थ बनेको हो ।
एयर क्वालिटी इन्डेक्सले विहिबार सार्वजनिक गरेको सूचीमा काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । १७८ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको हो । दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १७० एक्यूआईसहित दोस्रो स्थानमा परेको हो । त्यस्तै तेस्रो स्थानमा १६२ एक्यूआईसहित थाइलाण्डको चिङ मै शहर परेको हो । ्
प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।
२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।