कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले लियाे फिर्ता

निकासखबर संवाददाता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएकी हुन् ।

शाहीले प्रदेश प्रमुख तिलक परियार समक्ष माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको लिखित रुपमै जानकारी गराएकी छन् । केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

केन्द्रीय समीकरणमा आएको फेरबदलका कारण कर्णालीमा राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सदस्य सन्तोषी शाहीले जानकारी दिइन् । ४० सदस्यीय प्रदेशसभामा राप्रपाबाट एक सिट प्रतिनिधित्व गरेको छ ।

मा प्रकाशित