प्रदेश खबर

एक लाख ५० हजार जनालाई एक रुपैयाँको चिया
निकासखबर संवाददाता

झापा । बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तरष्ट्रिय औद्योगिक महोत्सव’मा एक लाख ५० हजार कप चिया विक्री भएको छ । झण्डै साढे सात लाख रुपैयाँ खर्चेर आएका अगन्तुकलाई मेजमान नामक चिया प्रदान गरिएको हो । नेपाली चियालाई अन्तराष्ट्रिय वजारमा चिनाउने उद्देश्य सहित स्थानीय व्यवसायी चक्र कार्की र नरेश सापकोटाले महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराएका थिए । एक रुपैयाँमा चिया उपलब्ध गराएसंगै महोत्सव अवलोकनकर्ताले चियाको प्रशंसा गरेका गरेका थिए । जसमा एक लाख ५० हजार रुपैयाँ चिया बिक्रीबट संकलन भएको बताइएको छ । सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराएसँगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको…

कुकुर नियन्त्रण गर्न निःशुल्क बन्ध्याकरण शिविर
निकासखबर संवाददाता

बागलुङ । छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्न बागलुङका दुई तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौंको आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङको स्थानीय व्यवस्थापनमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रणसँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बन्ध्याकरण शिविर सञ्चालन गरिएको पशुविज्ञ केन्द्र बागलुङका वरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । शिविरमा घरपालुवा तथा छाडा दुवै कुकुरको बन्ध्याकरण गरिएको छ । घरपालुवा कुकुर घरमालिकले शिविरसम्म ल्याएका थिए । छाडा कुकुर स्थानीय तह पशु शाखामा कार्यरत…

राष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ । आयोगले संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र निर्माण गरेको हो । रातो मतपत्र संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र…

भिसा लगाईदिन्छु भन्दै गुरुङ्गले पैसा मात्रै लगेः पिडीत
निकासखबर संवाददाता

मोरङ । वैदेशिक रोजगारिको लागि कतार स्थित ॐ करण कम्पनिमा गएका उर्लाबारी –३ थापा चोकका सुमन खड्का कम्पनिले भनेजस्तो सुविधा नदिएपछि कम्पनिबाट भागेर सनईया ३६ प्लाजा महलको एक घडी पसलमा काम गर्न थाले । उक्त पसलका संचालक नेपाली नै भएको नाताले सुमन सहजताका साथ पसलमा काम गर्न थालेका थिए । तर, पसल संचालक ईलामका भोजराज गुरुङ्ग सोचेजस्तो विश्वासका पात्र नभएको सुमनको भनाइ छ । सन् २०२० को मार्चमा उक्त पसलमा सेल्स ब्वाईको रुपमा कार्यरत सुमन आफु नेपाल फर्कन चाहन्थे । देश फर्कने आशाले उक्त पसलमा काम गर्दे आएका सुमनसँग राहदानी नभएको फाईदा उठाउदै संचालक गुरुङ्गले नेपाल फर्काईदिने भन्दै ९ हजार…

गति लिँदै भेडेटार–राँके सडक
निकासखबर संवाददाता

धनकुटा । पछिल्लो समय धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ । धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेसँगै निर्माण कार्यले गति लिएको हो । एक सय किलोमिटर कालोपत्र सडक निर्माणका लागि भारत लखनऊको एप्को इन्फाटेक इन्डियाले जिम्मा पाएको थियो । २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्मा भारतीय कम्पनीले गत मङ्सिरमा पुनः २०८१ मा काम सक्ने थप म्याद पाएको छ ।एक्जिम बैंक भारतको तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा सुरु भएको सडक निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा भएको थियो । थप म्यादपछि द्रुतगतीमा काम थालेको…